युएइमा नेपाली बक्सीङ अधीकारीको स्वागत


आइवा एक्सट्राअर्डीनरी कांग्रेसमा भाग लिन दुबइ पुगेका नेपाली बक्सीङ अधीकारीलाई युएइमा रहेका नेपाली खेलकर्मीले स्वागत गरेका छन् । एभरेस्ट युएइ स्पोर्ट्स एन्ड मार्सल आर्ट क्लबले बक्सीङ संघका अध्यक्ष राम अवाले सहितको टोलीलाई स्वागत गरेको हो । अवालेको साथमा महासचिव सविन भट्टाचार्य र सदस्य श्याम अवाले पनि त्यस तर्फ प्रस्थान गरेका छन् ।
काठमाडौ प्यालेस रेस्टुरेन्टमा भएको कार्यक्रममा एभरेस्ट युएइका क्लबका सचिव पूर्णभक्त लामा,कोशाध्यक्ष परशुराम घिमिरे,एनआरएन युएइका सदस्य समिम खान, काठमाडौं प्यालेस रेस्टुरेन्टका राजिव श्रेष्ठ र क्लबका प्राबीधीक निदर्शेक रबि शाहीले स्वागत गरे ।

Comment