एनएनआईपीए स्पोर्ट्स अवार्ड माघ २७ मा


नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडीलाई हरेक वर्ष प्रदान गर्दै आईरहेको एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७३ माघ २७ गते प्रदान गर्ने भएको छ ।
टोखामा हुने कार्यक्रममा विभिन्न ३५ खेलका खेलाडीलाई अवार्ड प्रदान गरिने खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा समावेश खेलका खेलाडीलाई पुरस्कृत गर्न लागिएको हो । यसअघि विभिन्न २५ खेलका खेलाडीलाई अवार्ड प्रदान गरिएको थियो ।
फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, उसु, बक्सिङ, एथलेटिक्स, भलिबल, भारोत्तोलन, पौडी, जुडो, आर्चरी, सुटिङ, कुस्ती, लनटेनिस, सफ्ट टेनिस, टेबलटेनिस, कबड्डी, जिम्न्याष्टिक, बास्केटबल, ह्यान्डबल, हक्की, बुद्धिचाल, साइक्लिङ, स्क्वास, ट्रायथलन, खो खो,, स्नुकर तथा विलियर्ड, फेन्सिङ, शारीरिक सुगठन, ब्याडमिन्टन, आईटीएफ तेक्वान्दो, सेपाकताक्रो, फुल कन्ट्याक्ट कराते र गल्फका खेलाडी सम्मानित हुनेछन् । उनीहरुलाई जनही १० हजार नगद र अवार्ड प्रदान गरिने छ ।
त्यस्तै धावक स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट एक खेलाडीलाई सम्मान गरिने छ । यो अवार्डको रकम २५ हजार गजराज जोशी ट्रष्टले प्रायोजन गर्नेछ । यसपटकदेखि एक नयाँ विधा पनि थप गरिएको खेलाडी संघले जनाएको छ । नयाँ विधामा एक खेल पत्रकारलाई ‘एनएनआईपीए पत्रकारिता’ पुरस्कार रहेको छ । यो अवार्डको राशी १५ हजार रुपैयाँ रहेको छ ।

Comment