लैनचौरलाई पहिलो स्थान


लभ्ली किड्स डोजाङको आयोजनामा सञ्चालीत पहिलो जिल्ला ब्यापी किड्स तेक्वान्दो च्याम्पियनसीपमा लैनचौर डोजाङ पहिलो भएको छ । लैनचौरले सात स्वर्ण, तीन रजत र ६ काश्य पदक जितेको हो । पुम्सेमा लैनचौरका समना खड्गीले स्वर्ण तथा पुष्पा गुरुङले रजत जिते । क्यारोगीको २३ किलो समुहमा निरोज कार्की, ३७ मा पाल्देन तामाङ,५० मा प्रदिप मगर,२५ मा आकृती गुरुङ,३६ मा सुमिना खड्गी र ४० मा पुनम खत्री पहिलो भए । यसैगरी,२६ किलोमा आकाश गुरुङ र ५० किलोमा सिजन श्रेष्ठले रजत पदक पाए । २० किलोमा निसान्त सोडारी मगर,२३ किलोमा हेम बहादुर मगर,३७ मा अमृत श्रेष्ठ,४१ मा निर्मल कार्की र २८ मा दिया रजकले काश्य पदक पाए । खेलमा रमिला खत्री बेस्ट रेफ्रि घोषित भइन् ।

 

Comment