सक्षमको विजययात्रा जारी


सक्षम कार्कीे राखेप च्याम्पियनसिप अन्तर्गत १४ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको पुरुष ७४ केजीमुनि शुक्रबार पहिलो भएका छन् । फाइनलमा उनले एपीएफका निरज देउवालाई पराजित गरे । हाल तेक्वान्दोका खेलाडी मध्य सबैभन्दा लामो समय देखि प्रभाव जमाउदै आएका पुरुष खेलाडी हुन् । साथै उनी भिन्न तौल समुहमा सफल भइसकेका छन् ।
पुरुष ६८ केजीमुनि आर्मीका ज्ञानेन्द्र हमालले स्वर्ण जिते । उनले फाइनलमा नेपाल प्रहरीका विक्रान्त डंगोललाई हराए । ६३ केजीमुनि प्रहरीका वीरबहादुर महराले फाइनलमा आर्मीका निशान्त श्रेष्ठलाई पाखा लगाउदै स्वर्ण हात पारे ।
महिलाको ६२ केजीमुनि आर्मीका यानकुमारी चौलागाईंले एपीएफकी अनुमाया तामाङ तथा ५७ केजीमुनि आर्मीकी ज्ञानी चुनाराले प्रहरीकी सुष्मा श्रेष्ठलाई पन्छ्याउदै स्वर्ण जिते । प्रतियोगिताको अन्तिम दिन ५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

Comment