रत्न र दिपेश फाइनलमा


राखेप च्याम्पियनसिप अन्तरगतको ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको सनसनीपूर्ण प्रतिस्पर्धामा जित निकाल्दै सेनाका रत्नजित तामाङ्ग शुक्रबार फाईनल प्रवेश गरेका छ ।
सुदूरपश्चिमको महेन्द्रनगरस्थित कभर्डहलमा भएको सेमिफाईनलमा १९ औं नम्बरमा रहेका सुदूरपश्चिमका उदियमान खेलाडी प्रिन्स दाहालले पहिलो सेटमा नम्बर एक खेलाडी सेनाका रत्नजित लाई १५ अंकमा रोक्दै जित निकाले । दोश्रो सेटमा पनि अग्रता कायम गर्दै सनसनीपूर्ण खेल प्रस्तुत गरेका जुनियर खेलाडी प्रिनसले १५–१४को अग्रता कायम गरेको अवस्थामा कोर्टमा लड्न गई घाईते भए । सो सेट रत्नजितले २१–१५ अंकले जिते । अन्तिम तथा निर्णायक खेलमा रत्नको ८ र प्रिन्सको ३ अंक रहेको अवस्थामा खेल खेःल्न नसक्ने भएपछि प्रिन्सले खेल छोडे र रत्नजितले फाईनलमा स्थान पक्का गरे ।
पुरुषकै एकल तर्फको अर्को खेलमा घरेलु दर्शको साथ पाएका एपिएफका दिपेश धामीले सेनाका नविन श्रेष्ठलाई २१–१३, २१–९ले पाखा लगाउंदै उपाधीका लागि सेनाका रत्नसंग प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा महेन्द्रनगर ब्याडमिन्टन संघको अयाोजनमा भएको प्रतियोगिताको महिला एकलमा सेनाकी नङ्गशल तामाङ्गले एपिएफकी शिक्षा श्रेष्ठको फाईनलमा सामना गर्ने भएकी छिन् । नङ्गशलले एपिएफकी शोभा गौचनलाई २१–१३, २१–११ले पाखा लगाईन् । यस्तै शिक्षाले सेनाकी अमिता गिरी माथि २२–२०, २१–१५ को जित निकाल्दै फाईनलमा उपाधीको लागि सेनाकी नङ्गशल संगका भेट पक्का गरिन् ।
यस्तै पुरुष जोडी तर्फको खेलमा सेनाका रत्नजित र नविन श्रेष्ठको जोडीले फाईनलमा उपाधीको लागि एपिएफका दिपेश धामी र विजित थापामगरको जोडी संग प्रतिस्पर्धा गर्ने भएको छ । तामाङ्गको जोडीले सेमिमा एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेंढाईको जोडीलाई २१–१५, २१–१५ को समान अन्तरले पराजत गर्दै फाईनmल प्रवेश गरेका हुन् । यस्तै दिपेशको जोडीले सेनाका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २२–२०, २१–१७ ले पराजित गरे ।
महिला जोडी तर्फको खेलमा एपिएफकी पुजा श्रेष्ठ र शिक्ष श्रेष्ठको जोडी फाईन पुगे । श्रेष्ठ जोडीले सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीलाई २१–९, २१–८ले पाखा लगाउंदै फाईनलमा सेनाका नङ्गशल र अनुमायाको जोडी संग भेट पक्का गरे । नङ्गशल र अनुको जोडीले पूर्वाञ्चलका जेशिका गुरुङ्ग र सुनैना मुखियाको जोडीलाई २१–१५, २३–२५ र २१–१९ को जित निकाले ।
यसै गरि मिस्क जोडी तर्फको खेलमा सेनाका नङ्गशल र रत्न दिदिभाईको जोडीले एपिएफका साजन कृष्ण ताम्रकार र शिक्षा श्रेष्ठको जोडीलाई २१–१८, २१–११ले र एपिएफका विजित थापा मगर र शोभा गौचनको जोडीले आफ्नै क्लबका दिपेश धामी र पुजा श्रेष्ठको जोडीलाई २१–१४, १६–२१, २१–१८ले पराजित गर्दै फाईनल भेट पक्का गरे ।

Comment