चन्द्रमायाको विजयी सुरुवात 

मध्यमाञ्चलकी मेघा श्रेष्ठ राखेप च्याम्पियनसिपअन्तर्गत १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।
विराटनगरको वैजनाथपुरमा भएको प्रतिस्पर्धामा डिफेन्डिङ च्याम्पियन मेघाले सुदूरपश्चिमाञ्चलकी भावना पनेरुलाई ४–० को सोझो सेटमा पराजित गरिन् । पूर्वाञ्चलकी श्रीया योञ्जनले मध्यपश्चिमाञ्चलकी विनिता जिसी तथा मध्यपश्चिमाञ्चलकी प्रीति बरालले मध्यमाञ्चलकी आयुष्मा रन्जितलाई समान ४–० को सीधा सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
उता विराटनगरकै जुट मिल्समा भएको महिला सिंगल्समा मध्यमाञ्चलकी चन्द्रमाया राईले सुदूरपश्चिमाञ्चलकी आश्मी धामीलाई ४–०, मध्यपश्चिमाञ्चलकी रितिका चौधरीले पूर्वाञ्चलकी अभिलाषा लामिछानेलाई ४–२, मध्यमाञ्चलकी सुनिरा थापाले मध्यपश्चिमाञ्चलकी सुमित्रा खनाललाई ४–१ तथा पूर्वाञ्चलकी जर्जिया चौधरीले सुदूरपश्चिमाञ्चलकी पूजा श्रेष्ठलाई ४–० को सेटमा पाखा लगाउदै दोश्रो चरणमा पुगे ।

Comment