श्रेष्ठ र डंगोल दुबईतर्फ


नेपाल जुडो संघका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक धर्मकुमार श्रेष्ठ र जुडो प्रशिक्षक चन्द्र डंगोल बुधबार दुबई प्रस्थान गरेका छन् । त्यहाँ हुने आईजेएफ रेफ्री तथा कोचिङ सेमिनारमा सहभागी हुन उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् । सेमिनार जनवरी १८ देखि २१ तारिखसम्म सञ्चालन हुनेछ ।
जुडोमा जनवरीदेखि लागू भएको नयाँ नियमका बारेमा सेमिनारमा जानकारी दिइने श्रेष्ठले जानकारी दिए । उनीहरुलाई नेपाल जुडो संघका कोषाध्यक्ष विपिन श्रेष्ठलगायतले एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे ।

Comment