पश्चिमाञ्चल तेक्वान्दोमा रुपन्देहीको प्रभाव


पोखरामा गत साता सप्पन्न राखेप कप अन्तरगतको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि भएको पश्चिमाञ्चल क्षेत्रीय छनोटमा रुपन्देही जिल्लाबाट आठ खेलाडी छनोट भए । पुम्से तर्फ जुनियर १६ बर्ष मुनि महिलामा मुस्कान पुन र पुरुस २० बर्ष मुनि प्रज्वल कर्माचार्यले स्वर्ण पदक प्राप्त गरे । क्यारोगीमा नवराज बस्नेत ५४ किलोमा,आदर्श गौतमले ६७ किलोमा र अनुकृत गुरुङले ८० किलोमा स्वर्ण पदक पाए । महिला तर्फ सरिता श्रेष्ठले ४६किलोमा , प्रसंशा छेत्रीले ४९ किलोमा र एलिस केसिले ६७ किलोमा स्वर्ण पदक जिते ।
मोहम्मद रफिकले ६३ किलोमा र अनु नेपालीले ५३ किलोमा रजत पदक तथा बबिता रोक्काले पुम्से २० बर्ष मुनि कस्य पदक प्राप्त गरेका थिए । मदन थापाको प्रशिक्षणमा रुपन्देही सहभागि थियो । छनोट प्रतियोगितामा १० जिल्लाका १ सय ५० जना खेलाडी सहभागी थिए । पदक बिजयी खेलाडीलाइ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकाश सामितीका अध्यक्ष खगराज पौडेल लगायतले पदक तथा प्रमाणपत्र बितरण गरे ।

Comment