एपीएफ र सुदूरको विजयी सुरुआत

नेपाल एपीएफ क्लब र सुदूरपश्चिमाञ्चले राखेप च्याम्पियनसिपअन्तर्गत २८ औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् । दाङको तुल्सीपुरमा भएको उद्घाटन खेलमा एपीएफले मध्यपश्चिमाञ्चललाई १–० गोलले पराजित ग¥यो । अमृत अधिकारीले खेलको ११ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो ।
दाङकै घोराहीमा भएको अर्को खेलमा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई १–० गोलले हरायो । थिलिप तामाङले ८७ औं मिनेटमा गोल गरे । विजेता दुवै टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको न्याय परिषद् नेपालका सदस्य पवनप्रसाद वैदिकले एक कार्यक्रमबीच उद्घाटन गरे । माघ ६ गतेसम्म चल्ने नकआउट प्रतियोगितामा पाँच विकास क्षेत्र र ३ विभागीय टिम सहभागी छन् ।
प्रतियोगिताअन्तर्गत बुधबार तुल्सीपुरमा पश्चिमाञ्चल र नेपाल प्रहरी तथा घोराहीमा पूर्वाञ्चल र नेपाल आर्मीबीच खेल हुनेछ ।

Comment