आइटीएफ नेपालकै सक्रिय खेलसंघ मध्य एक ः कार्की

यसै साता नेपाल आइटीएफको प्रोफेसनल च्याम्पियनसीप बाग्लुङमा सम्पन्न भएको छ । यसै प्रसंगमा आइटीएफ रेफ्रि प्रमुख तथा नेपाल मार्सल आर्ट गेम्स कमिटीका अध्यक्ष प्रबिण कार्कीसंग गरिएको कुराकानीको सार संक्षेप ः
बाग्लुङको आइटीएफ च्याम्पियनसीपप कस्तो रह््यो ?
समग्रमा एकदम सफल । भब्य र सभ्यरुपमा आयोजना भयो । ढोरपाटन तेक्वान्दो डोजाङले आफूलाई सफल आयोजकको रुपमा प्रश्तुत गरेको छ ।
यसैखाले प्रतियोगिता अन्य शहरमा पनि सम्भब छ ?
अहिले आइटीएफ नेपालककै सक्रिय खेल संघ मध्य एकको रुपमा रहेको छ । यसकारण आइटीएफको प्रतियोगिताहरुमा पनि विविधता रहने गरेको छ । अन्य शहरमा र अन्य डोजाङले भिन्न खाले प्रतियोगिता गन्ै गरेका छन् । हामीले आइटीएफ खेलाडीलाई अलीकती ब्ष्बसायीकता दिनका लागि र प्रतियोगितालाई विविधता दिनका लागि प्रोफेसनल सोच ल्याएका हौ । अन्य शहरमा पनि आउन सक्छ । तर, नेपालका अन्य शहरमा अन्य खाले प्रतियोगिता नै हुने गरेका छन् । अन्य शहरमा पनि प्रोफेसनल च्याम्पियनसीपको सम्भावजना त छदैछ ।
बाग्लुङ आइटीएफको प्रमुख केन्द्र नै भएको हो ?
आइटीएफको नेतृत्व तहमा रहनु भएको बाग्लुङका साथीहरुले एकदमै राम्रो काम गर्नु भएको छ । अन्य साथीह पनि त्यत्तिकै सक्रिय रहेका छन् । जस्तो पूर्वमा धेरै राम्रा खेलाडी उत्पादन भए । अन्य ठाउँका साथीहरु ब्यबस्थापनमा राम्रो हुनु होला । हरेक क्षेत्रमा हाम्रो प्रभाव उस्तै हो ।
नेपालमा आइटीएफको अन्तराष्ट्रिय च्याम्पियनसीप आयोजना हुन सम्भब छकी छैन ?
हुदै छ । हामीले आयोजना गर्न लागेको प्रतियोगितामा १० राष्ट्रका खेलाडी आउने पक्का भइसकेको छ । अन्य राष्ट्रका लागि पनि लबिङ भइरहेको छ ।

Comment