इनोभेटिभ बास्केटबल हुने

इनोभेटिभ इङलिस स्कुलको आयोजनामा सातौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता माघ २६ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइजमा प्रतिस्पर्धा हुने इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवरले जनाएका छन् । सिनियर ब्वाइजमा १६, सिनियर गल्र्समा १२ र जुनियर ब्वाइजमा ८ टिमको सहभागिता रहने छ ।
सिनियर ब्वाइज र गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । त्यस्तै जुनियर ब्वाइजलाई २ समूहमा राखेर लिग कम नकआउट पद्धतिमा प्रतिस्पर्धा गराइने छ । समूहमा शीर्ष २ स्थान हात पार्ने टोली सोझै सेमिफाइनलमा पुग्ने छन् ।
विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षाका साथै अत्तिरिक्त कृयाकलाप पनि उत्तिनै महत्व हुने हुँदा बास्केटबल प्रतियोगिता आयोजना गरिएको प्रबन्ध निर्देशक कुँवरले बताए ।
सिनियर ब्वाइजमा माउन्ट कैलाश, सिनियर गल्र्समा एचएचसीए र जुनियर ब्वाइजमा नवज्योति डिफेन्डिङ च्याम्पियन हुन् । फागुन ३ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा हुनेछ ।

Comment