क्रिकेट खेलाडीको स्वागत


दृष्टिबिहिन बिश्वकप क्रिकेट खेल्न युएइ पुगेको नेपाली टोलीलाई त्यहाँका नेपालीहरुले स्वागत गरेका छन् । एभरेस्ट युएइ मार्सल आर्ट एन्ड स्पोर्ट्स क्लबले आयोजना गरेको कार्यक्रममा क्लबका सल्लाहकार मनोज गोर्खाली,महासचिव पूर्णभक्त लामा,नेपाली मुस्लीम सोसाइटीका स्पोर्ट्स कोअर्डीनेटर सकिल अली,एनआरएन युएइका उपाध्यक्ष बालकृष्ण मरासीनी,केन्द्रिय सदस्य महमद समिम खान र नेपाली समाज युएइका उपाध्यक्ष नौमात्र सिद्धीकी उपश्थित थिए ।
नेपाली समाज युएइका स्पोर्ट्स कोअर्डीनेटर परशुराम घिमिरे,अन्तराष्ट्रिय नेपाली समाज युएइका संयोजक उत्तम अधीकारी,प्रबासी नेपाली एकता समाजका मध्यपूर्व संयोजक लेखनाथ लम्सालर महासचिव दिपर्सन प्रसाइ र समजा सेवी प्रकास सुनुवार उपश्थित थिए । एभरेस्ट युएइ मार्सल आर्ट एन्ड स्पोर्ट क्लबका प्राबीधीक निर्देशक रबी शाहीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Comment