तेक्वान्दोको मध्य र मध्यपश्चिम छनोट

राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत छैटौ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि मध्यमाञ्चल क्षेत्रीय छनौट प्रतियोगिता मकवानपुर जिल्लामा सम्पन्न भएको छ । छनोट हुने खेलाडीमा पुरुष तर्फ ५४ केजीमा सहदेव भुजेल, ५८ केजीमा सुरेन्द्र कुँवर,६३ केजीमा विवेक बस्नेत, ६८ केजीमा साजन महर्जन र ८० केजीमा विपिन सिंह दर्जी रहेका छन् ।
महिला तर्फ ४६ केजीमा विनिता खतिवडा, ४९ केजीमा बन्दना कुँवर, ५३ केजी ,सुस्मिता लामा, ५७ केजी कुस्मुन पौडेल र ६३ के.जी उमा थापा मगर,६७ केजीमा सावित्री गुरुङ्ग र ७३ केजी अस्मिता रिजाल रहेका छन् ।
पुरुष पुम्से तर्फ १५ देखि १७ वर्षमा सन्देश नापित,१८ देखि ३० वर्षमा मनिष चौधरी,महिला पुम्से तर्फ १५ देखि १७ वर्ष श्रृजना महतो १८ देखि ३० वर्ष सविना खड्का ,जोडी पुम्से तर्फ १५देखि १७ वर्ष श्रृजना महतो र अमन दराइ तथा १८ं वर्षमा बजुर लामा र सविना खड्का रहेका छन् ।
टिम पुम्से तर्फ (पुरुष) १८ं वर्षमा दिनेश सुनार, सुमित लामा र राजन गमाल तथा (महिला) १८ं वर्षमा गंगा कार्की, निप्सुङ्ग लिम्बु र सपना लिम्बु लिएका छन् । विजेता खेलाडीहरुलाई प्रतियोगिताका प्रमुख अतिथि हेटौडा उप–महानगरपालिका मेयर हरी बहादुर महत, राखेप वरिष्ठ तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय तेक्वान्दो संघ–नेपालका उपाध्यक्ष ध्रुव बहादुर गुरुङ्ग, उपाध्यक्ष हरी बहादुर बुढाथोकी, महासचिव राज कुमार कार्की, सचिव राकेश कुमार राई, क्षेत्रीय अध्यक्ष मदन कुमार श्रेष्ठ लगायतले मेडल तथा प्रमाण–पत्र वितरण गरे । प्रतियोगिता संयोजक नारायण सिंह थिङ्ग रहेका थिए ।
यसैगरी, मध्यपश्चिमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिता बाँके जिल्लामा सम्पन्न भयो । छनोट भएका खेलाडीहरुमा पुरुष तर्फ ५४ केजीमा प्रशान्त अर्याल,५८ केजीमा बिशाल राई, ६३ केजीमा बिवेक विश्वकर्मा,६८ केजीमा बिवेक विष्ट,७४ केजीमा सुजन रोका मगर,८० केजीमा अमृत सिंजाली र ८७ केजीमा दिपेश शाही रहे ।
महिला तर्फ ४६ केजीमा अस्मिता थापा,४९ केजीमा संगिता बुढा,५३ केजीमा सृजना विष्ट,५७ केजीमा विन्दु परियार,६३ के.जीमा अनुपा खड्का,६७ केजी – सरिता विक,७३ केजीमा रचना पटेल र ७३ं केजी माथिमा उचा सोमई मगर रहे । पुरुष पुम्से तर्फ १७ वर्षमा भुपाल खत्री,३० वर्षमा नवराज लम्साल र ३१ वर्षमा हेम बहादुर पुन रहे ।
महिला पुम्से तर्फ १७ वर्षमा रमिला बुढा मगर,३० वर्षमा पार्वती थापा,जोडी पुम्से तर्फ
१७ वषर्मा मनोज विसि,३० वर्षमा तुल बहादुर बस्नेत, पवित्रा घर्ती मगर,टिम पुम्से तर्फ (पुरुष) १८ं वर्षमा गुरु वचन चौधरी, प्रेम पुन र कृष्ण बहादुर राना तथा (महिला) १८ं वर्षमा ज्योती थापा मगर, मनिषा बुढा मगर र पार्वती थापा रहे । विजेता खेलाडीलाई भारती पौडेल, राखेप वरिष्ठ तेक्वान्दो प्रशिक्षक एव राष्ट्रिय तेक्वान्दो संघ–नेपालका उपाध्यक्ष ध्रुव बहादुर गुरुङ्ग, उपाध्यक्ष हरी बहादुर बुढाथोकी, महासचिव राज कुमार कार्की, सचिव राकेश कुमार राई, केन्द्रीय सदस्य बुद्धि बहादुर थापा मगर लगायतले प्रमाण–पत्र वितरण गरे । प्रतियोगिता संयोजक खिम लाल देवकोटा रहेका थिए ।

Comment