रिना र गोबीन्दलाई प्रोफेसनल आइटीएफ उपाधि


एपीएफका गोबीन्द खत्री र नेपाल आर्मीका क्लबकी रिना धिमालले बाग्लुङको बुर्तिवाङ बजारमा सम्पन्न पांचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय प्रोफेसेनल आइटिएफ. तेक्वान्दो प्रतियोगिताको उपाधि जितेका छन् । शनीबार सम्पन्न फाइनलमा गोबीन्दले आफ्नै टोलीका योगेन्द्र धिमाललाई हराए । सो स्पर्धामा आर्मीका आर्मीका दिनेस बुढा मगर तेश्रो भए । महिला तर्फको उपाधि जित्ने क्रममा रिनाले पनि आफ्नै टोलीकी रुविका खड्कालाई फाइनलमा पराजित गरिन् । सो स्पर्धामा आयोजक ढोरपाटन आइटीएफ तेक्वान्दो डोजाङकी पुजा खुलाल मगर तेश्रो भइन् ।
ढोरपाटन आइटिएफ तेक्वान्दो दोजाङको आयोजना बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको सह आयोजना र नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको संरक्षणमा भएको प्रतयोगितामा आठ टोलीका खेलाडीको सहभागिता रहेको थियो । दुवै स्पर्धाका विजयी खेलाडीले ५ सय तथा उपविजयी खेलाडीले ३ सय अमेरिकी डलर पुरस्कार पाए । यसैगरी, तेश्रो हुने खेलाडीले २ सय अमेरिकी डलर पुरस्कार पाए । विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी बाग्लुङ जिल्ला क्षेत्र नम्बर दुइ खका प्रदेश सभा सदस्य सदस्य टेक बहादुर घर्ती र नेपाल आइटीएफका अध्यक्ष अन्जन धमला लगायतले पुरस्कार प्रदान गरे ।
सो अबसरमा बोल्दै प्रमुख अतिथी घर्तीले ढोरापटन नगरपालीकामा कभर्डहल निमर्ण गर्न आफ्नो प्रयास रहने प्रतिबद्धता ब्यक्त गरे । यसैगरी, नेपाली कागं्रेस क्षेत्रीय सभापती द्रोण बहादुर कुँबरले कभर्डहल निमार्णमा आफ्नो सकरात्मक सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा साहयक प्रमुख जिल्ला अधिकृत नारायण पाण्डे, एमाले जिल्ला कमिटी सदस्य बिर बहादुर विक लगायतको लगायतको उपश्थिती थियो ।

Comment