सुटिङको टिममा आर्मीको वर्चस्व

नेपाल आर्मीले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औं पुरुष तथा २२ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको टिम इभेन्टमा शुक्रबार ३ स्वर्ण जितेको छ । ४ स्पर्धा समावेश टिममा आर्मी ‘क्लिन स्विप’ गर्न भने वञ्चित रह्यो । बाँकी १ स्वर्ण मध्यमाञ्चलले हात पा¥यो ।
एयर राइफलको पुरुष टिममा आर्मी (१६९८ अंक) पहिलो, मध्यमाञ्चल (१५९८ अंक) दोश्रो र मध्यपश्चिमाञ्चल (१५८८ अंक) तेश्रो भए । सोही स्पर्धाको महिलामा आर्मी (११२८ अंक) ले स्वर्ण, नेपाल प्रहरी क्लब (११२७ अंक) ले रजत र मध्यमाञ्चल (१००९ अंक) ले कांस्य जिते ।
एयर पेस्तोलको पुरुषमा मध्यमाञ्चल (१६०७ अंक), आर्मी (१५८८ अंक) र पूर्वाञ्चल (१५६६ अंक) क्रमशः शीर्ष तीन स्थानमा रहे । उक्त स्पर्धाको महिलामा आर्मी (१०६७ अंक) पहिलो, प्रहरी (१०४४ अंक) दोश्रो र मध्यपश्चिमाञ्चल (९२४ अंक) तेश्रो भए । टिम स्पर्धाको पुरुषमा १८०० र महिलामा १२०० अंकमा प्रतिस्पर्धा भएको थियो ।
व्यक्तिगत स्पर्धामा पनि फाइनल खेल्ने खेलाडीको टुंगो लागेको छ । क्वालिफाइङ राउन्डअन्तर्गत राइफलमा शीर्ष ८ र पेस्तोलमा शीर्ष ५ स्थान हात पार्ने खेलाडीले फाइनल यात्रा तय गरेका छन् । पुरुष÷महिला दुवैमा फाइनल भने २४० पूर्णाङकको हुनेछ ।
महिला एयर राइफलमा मध्यमाञ्चलकी सुस्मिता नेपाल (३८३ अंक), पश्चिमाञ्चलकी स्नेहाराज्यलक्ष्मी राणा (३८३ अंक), मध्यमाञ्चलकी सिन्दुजा बस्नेत (३७९ अंक), प्रहरीकी दुर्गा सिन्जाली (३७९ अंक), आर्मीकी सविना तामाङ (३७८ अंक), प्रहरीकी फुलमाया क्याप्छाकी (३७७ अंक), आर्मीकी कल्पना परियार (३७५ अंक) र आर्मीकै मिरा बन्जारा (३७५ अंक) फाइनलमा प्रवेश गरे ।
त्यसै स्पर्धाको पुरुषमा पश्चिमाञ्चलका धनबहादुर विक (५७४ अंक), प्रहरीका हरिबहादुर थापा (५७३ अंक), आर्मीका कृष्ण घोरासैनी (५७० अंक), मध्यपश्चिमाञ्चलका पवन घिमिरे (५६९ अंक), आर्मीका सुशे चौधरी (५६८ अंक), मध्यपश्चिमाञ्चलका अर्नभ घिमिरे (५६० अंक), आर्मीका कुमार कार्की (५६० अंक) र मध्यमाञ्चलका प्रतीक कुँवर (५४७ अंक) फाइनल चरणलाई छनोट भए ।
एयर पेस्तोलको पुरुषमा मध्यमाञ्चलका सुमन तुलाधर (५५१ अंक), मध्यमाञ्चलकै विपेश खड्का (५४५ अंक), आर्मीका कुवेर केसी (५४३ अंक), आर्मीका विष्णुकुमार विश्वा मगर (५३३ अंक) र पूर्वाञ्चलका प्रकाश राई (५२५ अंक) फाइनलमा पुगे ।
त्यस स्पर्धाको महिलामा आर्मीकी ज्योतिका दाहाल (३६४ अंक), आर्मीकै सरिता बस्नेत (३५८ अंक), पश्चिमाञ्चलकी श्रेया केसी (३५७ अंक), प्रहरीकी सविता बस्नेत (३५७ अंक) र प्रहरीकै सीमा तुलाधर (३५७ अंक) ले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । क्वालिफाइङ राउन्डको पुरुषमा ६ सय र महिलामा ४ सय अंकमा प्रतिस्पर्धा भएको थियो । फाइनल शनिबार हुनेछ ।

Comment