राष्ट्रिय कुस्ती सम्पन्न


राखेप च्याम्पियनसीप अन्तर्गत १३ औ राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता ह्टौडामा सम्पन्न भएको छ । १५ वटा स्वर्ण पदकका लागि भएको प्रतियोगितामा कञ्चनपुर र बाराले ३÷३ स्वर्ण जितेको छन् ।  कुस्ती प्रतियोगिताको समापन कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडीहरु नरेश गिरी र मोदन यादवलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रतियोगितामा कञ्चनपुरले ५३ केजी महिला, ५८ केजी महिला र ७० केजी पुरुषतर्फ स्वर्ण पदक जितेको छ भने बारा जिल्लाले ५७, ७४ र ८६ केजी तौल समूूहमा पुरुषतर्फ स्वर्ण पदक जितेको छ । पर्साले ६५ र १२५ केजी तौल समूहमा स्वर्ण जितेको छ भने नेपाली सेनाले ६० र ६० केजी महिला तौल समूहमा स्वर्ण जितेको छ । डडेलधुरा, कैलाली, बाके, झापा र सुनसरीले १÷१ वटा स्वर्ण पदक जितेका छन् । ४५ केजी तौलमा महिलातर्फ आशा कुमारी खत्वेले स्वर्ण जितिन् । ४५ केजी तौल समूहमा आशाकुमारी खत्वे एक्लो सहभागी हुुदै स्वर्ण जितेकी हुन् । ४८ केजी तौल समूहमा डडेल्धुराकी शिवानी देवुले स्वर्ण जितिन् भने सुनसरीकी राजकुमारी खत्रीले रजत, झापाकी फुलमाया थाङसुहाङले का“स्य पदक जितिन् । ५३ केजी तौल समूहमा कञ्चनपुरकी माया लोहारले स्वर्ण, ललितपुरकी मेञ्जन तामाङले रजत र सुर्खेतकी अनु आमुराले कास्य जितिन् ।
५७ केजी तौल समूहमा बाराका रामबाबु यादवले स्वर्ण, नेपाली सेनाका तिलक देउजाले रजत, सिराहाका रामदीक्षित यादव र पर्साका शिवमंगल यादवले कांस्य जिते । ५८ केजी तौल समूहमा कञ्चनपुरकी संगीता धामीले स्वर्ण र नेपाली सेनाकी कल्पना बिकले रजत पदक जितिन् । ६० केजी तौल समूहमा नेपाली सेनाकी कविता पुनले स्वर्ण र कैलालीकी निला आहुजीले रजत पदक जितिन् । ६१ केजी तौल समूहमा कैलालीका सन्तोष एसकेले स्वर्ण, सिराहाका अमरनाथ यादवले रजत, नेपाल प्रहरीका भगत साह र बाराका कुन्दन साहले कास्य पदक जितेका छन् । ६३ केजी तौल समूहमा नेपाली सेनाकी सुशीला चन्दले स्वर्ण, बाकेकी गंगा ओलीले रजत र मोरङकी प्रिजिता तामाङले कास्य पदक जितिन् ।
६५ केजी तौल समूहमा पर्साका सरोज यादवले स्वर्ण, बाराका कृष्ण यादवले रजत र झापाका अनिष राईले कास्य पदक जिते । ६९ केजी तौल समूहमा महिलातर्फ झापाकी सदीक्षा राईले स्वर्ण जितिन् । ६९ केजी तौल समूहमा महिला तर्फ सदीक्षा एक्ली सहभागी थिइन् । ७० केजी तौल समूहमा कञ्चनपुरका सुरेश चुनाराले स्वर्ण, सिराहाका वीरेन्द्रकुमार यादवले रजत, पर्साका मनोज यादव र नेपाल प्रहरीका दिपेश राउतले कास्य पदक जिते । ७४ केजी तौल समूहमा बाराका मुख्तार आलमले स्वर्ण, नेपाल प्रहरीका विनोद सहनीले रजत र सर्लाहीका अनिललाल सहनी र सिराहाका रामशंकर यादवले का“स्य पदक जितेका छन् ।
८६ केजी तौल समूहमा बाराका बुन्नीलाल राउतले स्वर्ण, नेपाल प्रहरीका सागर कुमार यादवले रजत, सिराहाका मृत्युन्जय यादव र डडेल्धुराका राजु दुवेले कास्य पदक जितेका छन् । ९७ केजी तौल समूहमा बाकेका रमेश गोतामेले स्वर्ण, पर्साका सुमेर कुमार साहले रजत, धनुुषाका डोमी यादव र बाराका मुकेश ठाकुरले कास्य पदक जितेका छन् । १२५ केजी तँैल समूहमा पर्साका राज यादवले स्वर्ण, महोत्तरीका जितेन्द्र यादवले रजत र कञ्चनपुरका करण भट्टले का“स्य पदक जितेका छन् ।
समापन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष्ँ माधव तिमल्सिना, कुस्ती खेलका राष्ट्रिय मुख्य प्रशिक्षक खगेन्द्र बहादुर बस्नेत, महासचिव विद्यासागर पोखरेलको उपस्थिति रहेको थियो ।

Comment