नवलपरासीमा तेक्वान्दो छनोट

राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत छैटौ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि पश्चिमाञ्चल क्षेत्रीय छनौट प्रतियोगिता नवलपरासी जिल्लामा सम्पन्न भएको छ । छनोट हुने पुरुष खेलाडीमा ५४ के.जीमा तपन कुमार केवट,५८ के.जीमा अनिल कुमार,६३ के.जीमा रविन अधिकारी,६८ के.जीमा प्रेम नेपाली,७४ केजीमा सञ्जय पुन,८७ के.जीमा बब्लु खान र ८७ं के.जीमा मुस्कान आले रहेका छन् ।
यसैगरी,महिला तर्फ ४३ के.जीमा टिका पुन,४९ केजीमा दिना तामाङ्ग,५३ केजीमा पार्वती पाण्डे,५७ केजीमा शुष्मा पराजुली,६२ केजीमा काजल खत्री, र ६७ के.जीमा समिक्षा राना रहेका छन् । पुरुष पुम्से तर्फ १७ वर्ष मुनि दिनेश बाह्रघरे ,३० वर्ष मुनि रवि अधिकारी र समूहमा क्षितिज पाण्डे, तपन कुमार केवट, रवि अधिकारी छनोट भए ।
महिला पुम्से तर्फ १७ वर्ष मुनि भावना बुढाथोकी ,३० वर्ष मुनि विनिता विक र समूहमा – काजल खत्री, विनिता वि.क., टिका पुन छनोट भए ।
जोडी पुम्से तर्फ १७ वर्ष मुनि विशाल पौडेल र सिर्जना कुँवर तथा ३० वर्ष मुनि– करण कोइराला र सिर्जना बुढाथोकी छनोट भए । विजेता खेलाडीहरुलाई कार्यक्रमका सभापति एवम् प्रतियोगिता संयोजक धर्मेन्द्र बानिया अग्रहरी, राखेप वरिष्ठ तेक्वान्दो प्रशिक्षक एवं् राष्ट्रिय तेक्वान्दो संघ–नेपालका उपाध्यक्ष ध्रुव बहादुर गुरुङ्ग, उपाध्यक्ष हरी बहादुर बुढाथोकी, महासचिव राज कुमार कार्की, सचिव राकेश कुमार राई, केन्द्रीय सदस्य राम बहादुर सुनार लगायतले पदक तथा प्रमाण–पत्र वितरण गरे ।

Comment