श्यान्टु र दीप पहिलो

नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र दीप साउनले राखेप च्याम्पियनसिपअन्तर्गत ३९ औं हुवाई राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष डबल्समा शुक्रबार स्वर्ण जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा श्यान्टु र दीपको जोडीले नेपाल आर्मीका कृष्ण थापा मगर र नारायण घिमिरेको जोडीलाई ११–३, ११–२ र ११–५ को सोझो सेटमा पराजित गरे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Comment