जुडो खेलाडी रमेशको शल्यक्रिया

फाइल तस्बिर

१२ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता रमेश मगरको खुट्टाको शल्यक्रिया गरिएको छ । टोखास्थित ग्रान्डी अस्पतालमा बिहीबार रमेशको दाहिने खुट्टाको शल्यक्रिया गरिएको हो । सन् २०१० मा बंगलादेशको ढाकामा भएको ११ औं सागको उद्घाटन समारोहमा सहभागी हुन जाने क्रममा आफू बसेको होटलको लिफ्ट दुघर्टनामा परी रमेश घाइते भएका थिए । १२ औ सागको दौरान उनको चोट बल्झीएको हो ।

Comment