अन्तर्राष्ट्रिय जुडो प्रशिक्षक नेपालमा


अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) को सहयोगमा अन्तर्राष्ट्रिय जुडो प्रशिक्षक डान तेलर्का बिहीबार नेपाल आएका छन् । छैटौं डान रोमानियाका उनी आसन्न दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद र ओलम्पिकको तयारी लागि खेलाडीलाई प्रशिक्षण दिन नेपाल आएको नेपाल जुडो संघले जनाएको छ ।
एक वर्षका लागि नेपाल आएका डानले केहि समय सिनियर खेलाडीलाई प्रशिक्षण दिने छन् । उनलाई जुडो संघका अध्यक्ष दीपकहर्ष वर्जाचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, मुख्य प्रशिक्षक दलबहादुर गुरुङलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरेका थिए ।

Comment