आर्मी र मध्यमाञ्चल फाइनलमा


आर्मी र मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं पुरुष तथा १४ औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सेमिफाइनलमा आर्मीले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई ९३–७७ ले पराजित ग¥यो । आर्मीको जितमा सदीश प्रधानले २३ अंक योगदान गरे । मध्यमाञ्चलले पनि विभागीय टोली नेपाल प्रहरी क्लबलाई ८६–७० को साँघुरो अन्तरले हरायो । मध्यमाञ्चलका राजिव जोशीले २६ अंक जोडे ।
महिलामा मध्यपश्चिमाञ्चल र मध्यमाञ्चलले उपधि भिडन्त पक्का गरे । मध्यपश्चिमाञ्चलले पश्चिमाञ्चललाई ६८–३३ ले पाखा लगायो । विजेताकी माया राईले ११ स्कोर गरिन् । आर्मी विरुद्धको खेलमा मध्यमाञ्चल ५७–२९ ले विजयी भयो । मध्यमाञ्चलकी लुनिभा सिंहले १४ अंक बटुलिन् ।

Comment