हरिको ५७३ अंक


नेपाल प्रहरीका हरिबहादुर थापाले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औं पुरुष तथा २२ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको दोश्रो दिन बिहीबार पुरुष १० मिटर एयर राइफलको ६ सयमा ५७३ अंक जोडेका छन् । आर्मीका कृष्ण घोरासैनीले ५७० तथा मध्यपश्चिमाञ्चलका पवन घिमिरेले ५६९ अंक जोडे ।
उक्त स्पर्धाको महिला ४ सयमा मध्यमाञ्चलकी सिन्दुजा बस्नेत र प्रहरीकी दुर्गा सिन्जालीले समान ३७९–३७९ अंक बटुले । पूर्वाञ्चलकी अमिता श्रेष्ठले ३४३ अंक बटुलिन् ।
पुरुष १० मिटर एयर पेस्तोलको ६ सयमा आर्मीका विष्णुकुमार विश्वा मगरले ५३३, पूर्वाञ्चलका राजु थापाले ५१७ र आर्मीका रामलाल गुरुङले ५१२ को प्रदर्शन गरे । सोही स्पर्धाको महिला ४ सय पूर्णाङमा प्रहरीकी सविता बस्नेतले ३५७, आर्मीकी सुनीता महर्जनले ३४५ र सुदूरपश्चिमाञ्चलकी सावित्रा बोहराले ३२१ अंक जोडे ।

Comment