नेपाल र श्रेष्ठ सम्मानित


कोटेश्वर तेक्वान्दो डोजाङले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई बिहीबार सम्मान गरेको छ । प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएकोमा उनीहरुलाई सम्मान गरिएको हो ।
राखेप च्याम्पियनसिपअन्तर्गत माघ ३ गतेदेखि काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छनोट गर्न आयोजित मध्यमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिताको उद्घाटन अवसरमा डोजाङ प्रमुख नवीनकुमार श्रेष्ठले उनीहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा प्रदेशसभामा निर्वाचित सानुकुमार श्रेष्ठ र कोइकाका स्वयंसेवक प्रशिक्षक जे हो लीलाई पनि सम्मान गरिएको थियो ।
छनोट प्रतियोगितामा १ सय ६५ खेलाडी सहभागी छन् । त्यस मध्ये २२ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनेछन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

Comment