टिममा प्रहरीलाई सफलता

राखेप च्याम्पियनसिपअन्तर्गत ३९ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको टिम इभेन्टतर्फ पुरुष÷महिला दुवैमा प्रहरीले बुधबार स्वर्ण जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा प्रहरीले आर्मीलाई ३–० ले पराजित ग¥यो । ललितपुर र काठमाडौं तेश्रो भए ।
महिलाको उपाधि भिडन्तमा प्रहरीले एपीएफलाई ३–२ ले हरायो । काठमाडौं र रुपन्देही तेश्रो बने । प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।
Comment