डडेल्धुरामा गुरुङको उपश्थितीमा तेक्वान्दो छनोट


राखेप च्याम्पीयनसीप अन्तर्गत छैटौ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७४ का लागि सुदुर पश्चिमअचल छेत्रीय छनौट प्रतियोगिता आलिताल गाउपलिका, डडेलधुरामा सम्पन्न भयो । संघका महासचिव राजकुमार कार्कीका अनुसार पुरुष तर्फ ५४ किलो तौल समुहमा करण धामी,५८ केजीमा दीपेन्द्र धामी,६३ केजीमा हिमाल बुढा मगर,६८ केजीमा प्रकाश बिष्ट,७४ केजीमा जनक बडाएर जोशी, ८० केजीमा रामु चौधरी, ८७ केजीमा डम्बर बोहरा र ८७ केजी माथि धिरेन्द्र सिंह कठायत छेत्री छनोट भए ।
यसैगरी, महिला तर्फ ६४ केजीमा गौरी घार्ती मगर,४९ केजीमा दुर्गा कोली,५३ केजीमा तारा धामी, ५७ केजीमा गौरी हमाल,६२ केजीमा बसन्ती भण्डारी र ७३ केजी माथि हेमा सिञ्जाली छनोट भए । पुरुष पुम्से तर्फ १७ बर्ष मुनी महेन्द्र मडै,३० बर्ष मुनी वीर बहादुर सारु मगर र ३१ बर्ष माथि शुरेस बहादुर सलामी छनोट भए ।
छनोट भएका खेलडीलाई डडेलधुरा आलितल गाउपालिका प्रमुख बल बहादुर गुरुङ, रखेप बरिस्ठ तेक्वान्दो प्रशिक्षक एबं राष्ट्रिय तेक्वान्दो संघ नेपालका उपाअध्यक्ष ध्रुब बहादुर गुरुङ, उपाअध्यक्ष हरी बहादुर, महासचिब राज कुमार कार्की र सचिब राकेश कुमार राइ लागयतले पुरस्कार तथा प्रमाण पत्र बितरन गरे । कार्यक्रम सम्योजक राजेन्द्र मडै रहेका थिए ।
तेक्वान्दो युनियनको रुपमा सक्रिय संघ पछिल्लो समय राष्ट्रिय तेक्वान्दो संघको रुपमा सक्रिय रहेको छ । तेक्वान्दोका पूर्व मुख्य प्रशिक्षक ध्रुबको उपश्थिती पछि यो संघ झनै सक्रिय र ब्यबश्थित बनेको छ । पछिल्लो समय यो संघका आकर्षण समेत बढेको महासचिव कार्कीले बताए ।

Comment