ललितपुर जिल्ला फुटबल संघमा पुरुषोत्तम थापा

अखिल नेपाल फुटबल संघ ललितपुर जिल्ला कार्य समितिमा झम्शिखेल युथ शोसाईटीका पुरुषोतम थापामगर अध्यक्ष पदमा निर्वाचित भएका छन्। सर्वसर्मत नभए पछि मतदानमा पुरुशोतमले ६ मत र उनका प्रतिद्वन्दी महेन्द्र क्षेत्रीले ४ मत पाएका थिए।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हेराकाजी महर्जनको प्रमुख आतिथ्यतामा र एन्फाका प्रतिनिधि दिनेश ब्यनजन्कारको रोहबरमा भएको साधारणसभाले उपाध्यक्षमा सहदेव ब्यन्जन्कार ,बाबुकुष्ण महर्जन र परशुराम गुरुङलाइ चयन गरेको छ ।  सदस्यहरुमा निरज तुलाधर ,रवी महर्जन ,रविन महर्जन ,प्रविण जङ् थापा र राजन पन्त निर्वाचित गरेको छ।
Comment