मध्यमाञ्चल सेमिफाइनलमा


मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं पुरुष तथा १४ औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । मध्यमाञ्चल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।मध्यमाञ्चलले लिगको आफ्नो अन्तिम खेलमा पश्चिमाञ्चललाई ६९–२० ले पराजित ग¥यो । मध्यमाञ्चलकी माया स्याङतानले १२ अंक जोडिन् । मध्यमाञ्चल सेमिफाइनल पुग्ने तेश्रो टोली हो । यसअघि मध्यपश्चिमाञ्चल र आर्मी समूह ‘बी’ को क्रमशः विजेता र उपविजेता हुँदै सेमिफाइनल पुगिसकेका छन् । अब पश्चिमाञ्चल र पूर्वाञ्चलको खेलबाट महिलामा सेमिफाइनल पुग्ने अन्तिम टिमको टुंगो लाग्ने छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा तीनै विभागी टोली एपीएफ, नेपाल आर्मी र नेपाल प्रहरीसहित मध्यमाञ्चलले सफलता पाए ।
एपीएफले पश्चिमाञ्चललाई ८६–७६ ले हरायो । एपीएफका विजय बुर्जाले २९ अंक जोडे । सदीश प्रधानको ३१ अंक सहयोगमा आर्मीले मध्यपश्चिमाञ्चललाई १२७–६२ को फराकिलो अन्तरले पन्छायो । प्रहरीले पूर्वाञ्चलको चुनौती ९०–६६ ले समाप्त पा¥यो । प्रहरीका विकास गुरुङले २८ स्कोर गरे । आर्मी र प्रहरीको लगातार दोश्रो जित हो ।
सुदूरपश्चिमाञ्चल विरुद्धको खेलमा मध्यमाञ्चल ९०–६९ ले विजयी भयो । मध्यमाञ्चलका विनोद श्रेष्ठले १९ अंक बटुले ।

Comment