यामसाजनलाई स्प्रिन्टडबलको सफलता

राखेप च्याम्पियनसीप अन्तरगत एथलेटिक्सको महिला लंगजम्पमा आर्मी क्लबकी कृष्णा चौधरीले पहिलो स्थान हात पारेकी छिन् । सोही स्पर्धामा एपीएफकी शिला चौधरीले दोश्रो तथा मध्यमश्चिमकी जयरानीले तेश्रो स्थान पाए । पुरुष तर्फ मध्यमाञ्चलका भुवन महतोले पहिलो स्थान पाए । आर्मीका शेर बहादुर विष्ट दोश्रो तथा डिल्ली खत्री तेश्रो भए । महिला ४ सय मिडर हर्डल्समा एपीएफकी दिलमाया कार्की पहिलो भइन् भने आर्मीकै तुलसा श्रेष्ठ दोश्रो तथा तुलसा खत्री तेश्रो भए । पुरुष २ सय मिटर दौडमा आर्मीका याम साजन सुनुवार २२.८३ सेकेन्डका साथ पहिलो भए । एपीएफका आशिष चौधरी २३.३२ सेकेन्डका साथ दोश्रो तथा आर्मीका अभिषेक चौधरी २३.३८ सेकेन्ड समयमा साथ तेश्रो भए । एक दिन अघि १ सय मिटरको उपाधि जितेका यामसाजनले स्प्रिन्ट डबलको सफलता पाएका छन् ।
महिला तर्फ आर्मीका कृष्णा चौधरी २७.५५ सेकेन्ड समयमा साथ पहिलो र संगीता मेचे २७.९९ सेकेन्ड समयका साथ दोश्रो भए । मध्यमश्चिमकी जयरानी थारु २८.५० सेकेन्डका साथ तेश्रो भइन् । महिला सटपुटमा पुलिसकी चन्द्रकला लामगादे र बसन्ती चौधरी दोश्रो भए । यसैगरी,आर्मीकी अमृता महतो तेश्रो भइन् । पुरुषको १ सय र ४ सय मिटर हर्डल्समा आर्मीका राम प्रसाद थारु पहिलो भए । १ सय मिटरमा पुलिसका चन्द्रदेव जोशी दोश्रो तथा आर्मीका निर बहादुर चौधरी तेश्रो भए । यसैगरी,४ सय मिटरमा एपीएफका निर प्रसाद महतो दोश्रो तथा आर्मीका सागर कार्की तेश्रो भए ।

Comment