मध्यमाञ्चलको फराकिलो जित


मध्यपश्चिमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं पुरुष तथा १४ औं राष्ट्रिय बास्केटबल प्रतियोगिताको महिलातर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘बी’ को लिगमा मध्यपश्चिमाञ्चलले नेपाल आर्मीलाई ४५–३२ ले पराजित गर्दै समूह विजेता बन्यो । मध्यपश्चिमाञ्चलको जितमा शान्ति श्रेष्ठले २७ अंक योगदान गरिन् । यो समूहमा २ टिम मात्र रहेकाले हारका बावजुद आर्मी पनि उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।
महिलाको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले पूर्वाञ्चललाई ६३–८ को भारी अन्तरले हरायो । मध्यमाञ्चलकी स्नेहा श्रेष्ठले १६ अंक जोडिन् ।
पुरुषमा दुई विभागीय टोली आर्मी र नेपाल प्रहरी क्लबले विजयी सुरुआत गरे । साविक विजेता आर्मीले पूर्वाञ्चललाई ९३–७२ ले पन्छायो । आर्मीका सदीश प्रधान र रविन खत्रीले समान २१–२१ अंक जोडे । प्रहरीले मध्यपश्चिमाञ्चलमाथि ९३–५४ को जित दर्ता ग¥यो । प्रहरीका विकास गुरुङले २७ स्कोर गरे । प्रतियोगिताको नेपाल बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे ।

Comment