यामसाजन र सरस्वती यो बर्षका तेज नेपाली

राखेप च्याम्पियनसीप अन्तरगतको एथलेटिक्सको १सय मिटर हर्डल्समा मध्यपश्चिमकी प्रमिला थारुले १७.६५ सेकेन्ड समयमा दुरी तय गर्दै स्वर्ण जितिन् । आर्मीकी तुलसा श्रेष्ठले १९.०५ तथा तुलसा खत्रीले २० सेकेन्डमा दुरी तय गरे ।
महिला हाइजम्पमा एपीएफकी शिला चौधरीले १.४४ मिटर उफ्रदै पहिलो हुदा आर्मीकी संगीता सिञ्जाली १.४३ मिटर उफ्रदै दोश्रो र सुदुर पश्चिमी गायत्री चौधरी १.३५ मिटर उफ्रदैे तेश्रो भए । ८ सय मिटर पुरुषमा आर्मीका सोम बहादुर कुमाल १ मिनेट ५८.०९ सेकेन्डमा समयका साथ स्वर्ण जित्न सफल भए । सोही क्लबका उमेस मस्र्याग्दी मगर १ मिनेट ५९.०८ सेकेन्डमा समयका साथ रजत तथा एपीएफका हिक्मत धामी २ मिनेट २.१ सेकेन्ड समयमा साथ तेश्रो भए । महिला तर्फ एपीएफकी सरस्वती भट्टराइ २ मिनेट १९.०८ सेकेन्ड समयमा साथ पहिलो तथा सोही टोलीकी सानुमाया कार्की २ मिनेट २९.६३ सेकेन्ड समयमा साथ दोश्रो भए । एपीएफकी सानुका थापाले २ मिनेट ३९.२८ सेकेन्ड समयमा साथ तेश्रो स्थान तय गरिन् ।
यस बर्षको तेज पुरुष भने यमसाजन सुनार भए । उनले ११.०९ सेकेन्ड समयका साथ स्वर्ण जित्दा मध्यक्षेत्रका आशिष खत्रीले ११.५८ तथा एपीएफका आशिष चौधरीले ११.६५ सेकेन्डमा दुरी तय गरे । महिल तर्फ एपीएफकी सरस्वती चौधरीले १२.९५,आर्मीकी कृष्णा चौधरीले १३.०६ तथा मध्यपश्चिमकी प्रमिला थारुले १३.४४ सेकेन्डमा दुरी तय गरे ।
१० हजार मिटर पुरुषमा एपीएफका गोपीचन्द्र पार्कीले ३२ मिनेट १७.९ सेकेन्डमा दुरी तय गर्दै पहिलो भए । आर्मीका गजेन्द्र राइ र टिकाराज कटुवाल शिर्ष तीन स्थानमा रहे । महिला तर्फ आर्मीकी बिश्वरुपा बुढा ३७ मिनेट २९.५९ सेकेन्ड समयमा साथ पहिलो भइन् । आर्मीकी रेसु बस्नेत दोश्रो तथा एपीएफकी बिन्द्रा श्रेष्ठ तेश्रो भए । पुरुष तर्फको हाइजम्पमा आर्मीका सुर्य खत्री १.८८ मिटर उफ्रदै पहिलो भए । आर्मीकै प्रेम बहादुर सिंह दोश्रो तथा नेपाल पुलिस क्लबका गोपाल चौधरी तेश्रो भए । पुरुषहरुको ह्यामर थ्रोमा आर्मीका जिवन चौधरी ३८.६९ फ्याक्दै पहिलो भए । आर्मीका विनोद राइ दोश्रो तथा पश्चिमका बिनोद बस्नेत तेश्रो भए ।

Comment