सिएमजी संकटा क्वाटरफाईनलमा

काठामण्डौको सिएमजी संकटा धनगढीमा जारी अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ । धनगढी रंगशालामा आइतबार भएको खेलमा धरानको धरान फुटवल क्लवलाई सडनडेथमा ५–४ ले पाखा लगाउँदै संकटा अन्तिम आठमा पुगेको हो ।
पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौ गोल गर्ने मौका पुमाउँदा धरान पेनाल्टी सुटआउटमा संकटालाई खेल सुम्पन वाध्य भएको हो । पहिलो हाफको २६ औं मिनेटमा धरानले पाएको पेनाल्टी खेर फालेको थियो । धरानका लागि प्रकाश वुढाथोकीको पेनाल्टी प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले वचाएका थिए ।
सुरुमा ५÷५ जनाको प्रहारमा दुवै टीमले ३÷३ गोल गरेपछि थप भएका २÷२ वटा पेनाल्टी प्रहारमा संकटाले दुवैलाई गोलमा परिणत ग¥यो भने धरानले एकलाई गोल गर्दा अर्को प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले वचाए । दुई गोल रोकेर टिमलाई जिताएका उनी खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्स म्यान अफ द म्याच भए । उनले नगद १० हजार हात पारे ।
पेनाल्टी सुउआउटमा संकटाका अनिल गुरुङ,विश्व अधिकारी, सरोज दाहाल, सुजित थापा र अभिशेष रिजालले गोल गर्दा सुसिल लामा र भुष सुव्वाको प्रहार धरानका गोलरक्षक रोशन खड्काले वचाए । धरानका लागि वर्तमान राई, रोमन लिम्वु, सुरज विक र प्रकाश वुढाथोकीले पेनाल्टी प्रहारलाई गोल गर्दा सन्जय राई र रोशन खड्काको प्रहारलाई संकटाका गोलरक्षक विजय श्रेष्ठले वचाए । सुवोश शाहीको प्रहार आउट भयो ।

Comment