कार्कीको निधन

काठमाडौं जिल्ला फुटबल संघका कोषाध्यक्ष अनुप कार्कीको आइतबार निधन भएको छ । उनको ५२ वर्षको उमेरमा निमोनियाका कारण हिमाल अस्पतालमा निधन भएको संघका सचिव परेश सापकोटाले जनाएका छन् ।
कार्की शनिबार मात्र संघको कोषाध्यक्षमा मनोनित भएका थिए । उनको आइतबारै पशुपति आर्याघाटमा दाहासंस्कार गरिएको छ । स्व. कार्कीका श्रीमति र २ छोरा छन् ।

Comment