यल कप ब्याडमिन्टन सुरु

ललितपुर जिल्ल ब्याडमिन्टन संघको तत्वाधान तथा योङ्गस्टार्स ब्याडमिन्टन क्बलको आयोजनामा नवौं यल कप रनिङ्गशिल्ड ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
नागबहालस्थित आयोजकको कोर्टमा हुने प्रतियोगिताको नेपालका लागि भारतिय महामहिम राजदुत मञ्जित सिंह पुरीले एक कार्यक्रमविच उद्घाटन गरे ।
यु–१५ ब्वाईज, मेन्स जोडी र भेट्रान्स जोडी गरि तीन विधामा हुने प्रतिस्पर्धामा ब्वाईज तर्फ २७ खेलाडी, मेन्स जोडी तर्फ ५६ जोडी र भेट्रान्स तर्फ १४ जोडीले प्रतिस्पर्धा गर्ने ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुनिल शाक्यले जानकारी गराए ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई ब्वाईज तर्फ ४ हजार, २ हजार र १ हजार नगद, मेडल र प्रमाण पत्र, मेन्स जोडीमा ३० हजार, १५ हजार र ७ हजार ५०० तथा भेट्रान्स जोडी तर्फ १५ हजार, ८ हजार र ४ हजार गरि कुल ९९ हजार पुरस्कार राशीका साथै मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष सुमन शाक्यले जनाएका छन् । प्रतियोगिता २२ देखि २९ गते सम्म संचालन हुनेछ ।

Comment