राष्ट्रिय बास्केटबल सोमबारदेखि

राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय बास्केटबल प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ । च्याम्पियनसिपअन्तर्गत पुरुषको १५ औं र महिलाको १४ औं संस्करणको राष्ट्रिय प्रतियोगिता हुन लागेको बास्केटबल प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मीले जनाएका छन् ।
पुरुषमा ५ विकास क्षेत्र र तीन विभागीय टोली गरी ८ टिम सहभागी हुनेछन् । महिलामा ४ विकास क्षेत्र र विभागीय टिम आर्मीले भाग लिने छ । महिलामा सुदूरपश्चिमाञ्चलको सहभागिता छैन ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल पुस २८ गते हुनेछ । पुरुषमा आर्मी र महिलामा मध्यमाञ्चल साविक विजेता हुन् ।

Comment