स्नुकरको तेस्रो चरण सम्पन्न

पोट ब्ल्याक स्नुकर क्लबको आयोजनामा प्रथम अल नेपाल खुला स्नुकर च्याम्पियनसिपको तेस्रो चरणका खेलहरु सम्पन्न भएका छन् ।
ललितपुरस्थित पोट ब्ल्याक स्नुकर क्लब सानेपामा जारी सर्वाधिक राशिको स्नुकर च्याम्पियनसिपको शनिबार भएको तेस्रो चरणको खेलबाट दिपक मगर, विनेश डंगोल, सञ्जय तामाङ, कुङ्गा लामा, जिम्मी लामा, श्याम खड्गी, अमन कार्की र प्रकाश सुवर्णकारले चौथो चरणमा स्थान बनाए । चौथो चरणको खेलहरु सोमबारबाट शुरु हुने आयोजकले जनाएको छ ।
पुस २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख नगदसहित ट्रफि हात पार्नेछ । त्यस्तै, प्रतियोगिताको उपविजेताले ५० हजार प्राप्त गर्नेछ । सेमिफाइनल प्रवेश गर्ने खेलाडीहरुले १५ हजारको दरले नगद पाउनेछन् । सर्वाधिक ब्रेकरले पनि १० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Comment