काठमाडौँ फुटबलमा बिराट


काठमाडौँ जिल्ला फुटबल संघको शनीबार सम्पन्न साधारणसभाले बिाराट जंग शाहि ज्यूको अध्यक्षतामा १३ सदस्यि कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा युवराज श्रेष्ठ, मजेश शाक्य र नविन महर्जन पनि निर्विरोध निर्वाचित भए ।
यसैगरि निर्विरोध निर्वाचित हुनु भएका सदस्यहरुमा अजव श्रेष्ठ, प्रदिप लामा, दिपा कुमारी खड्का, राजु दाहाल, सुरेन्द्र बलामी, रमेश रुपाखेती, राजु अर्याल, पूर्ण मान सिंह, सुमन मान सिंह बस्नेत रहेका छन् ।
यसैगरि संघको आजै बसेको नव निर्वाचित कार्यसमिति बैठकले महासचिवमा परेश सापकोटा र कोषध्यक्षमा अनुप कार्कीलाई मनोनयन गरेको छ ।

Comment