गोल्डेनगेटलाई भेट्रान्स बास्केटबल उपाधी

गोल्डेन गेट कलेजको स्वस्थ नागरिक राष्ट्र निर्माणमा सहयोग भन्ने नाराका साथ युवामा मात्र नभई भेट्रान्सहरुलाई पनि खेलको माध्ययमले स्वस्थ्य बनाउने उद्धेश्यले आयोजना गरिएको भेट्रान्स बास्केटबल च्याम्पियनसिपमा गोल्डेन गेटले उपाधी हात पारेको छ ।
गोल्डेनगेटले लिभरपुललाई ६०–५४ अंकको झिनो अन्तरले पराजित गर्दै उपाधी उचालेको हो ।
गोल्डेन गेटले पहिलो क्वाटरमा ९–९ अंकको बराबरी खेलेको थियो । दोश्रो क्वाटरमा लिभरपुल संग २०–१५ अंकले पछाडी परेता पनि तेश्रो क्वाटरमा १३–१० र चौथो क्वाटरमा २३–१५ अंकले अग्रता लिंदै पहिलो स्थान हात पार्न सफल भयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी गोल्डेन गेटका विपेन्द्र महर्जन भए । उनले क्याथे ड्राईगनले प्रायोजन गरेको काठमाण्डौ हङ्गकङ्ग काठमाण्डौको हवाई टिकट प्राप्त गरे ।
विजेता टिमले नगद ५० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै दोश्रो भएको लिभरपुलले नगद २५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा आयोजक गोल्डेनगेटका साथै लिभरपुल, नयाबजार क्लब र एआरएनए वारियर्सको सहभागिता रहेको थियो ।

Comment