नेपाल ब्यायाम मन्दिरको निशुल्क आँखा सिविर

ज्याठास्थित शारिरीक सुगठनको जेठो संस्था नेपाल ब्यायाम मन्दिरले शनिबार आँखा शिविर सम्पन्न गरेको छ ।
शारिरीक सुगठनमा मात्र नभई समाज सेवामा समेत निरन्तर सहयोग प¥याउंदै आएको नेपाल ब्यायाम मन्दिरले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत आँखा शिविर सञ्चालन गरेको मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए । शिविरमा आँखा जाँचका साथै ब्लड प्रेसर र मधुमेह रोगको पनि जाँच गर्नुका साथै सल्लाह र सुझाव प्रदान गरिएको थियो ।
संस्थाले मोतिया विन्दु भएका विरामीहरुलाई अप्रेसन गर्नु परेमा १५ सय उपलब्ध गराउने र अन्य खर्च निशुल्क हुने समेत अध्यक्ष प्रधानले जानकारी गराए ।
ज्याठा युवा तथा सामुदायीक क्लब, लायन्स क्लब अफ काठमाण्डौ र गुणाकर महाविहारको संयुक्त पहलमा भएको आँखा शिविरमा ५०० ब्यक्तिहरुले फाईदा लिएका थिए ।

Comment