नेपाल टिम च्याम्पियन

नेपाल छैटौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियनसिप बनेको छ । नेपालले सर्वाधिक ३७ स्वर्ण जित्यो । दोश्रो भएको भारतले २ स्वर्ण जित्यो भने बंगलादेशले २ रजत हात पा¥यो । प्रतियोगितामा भेट्रानसहित ४० स्पर्धामा प्रतिस्पर्धा भएको थियो । भेट्रानको पुरुष एकल कातामा जापानले १ स्वर्ण हात पा¥यो ।
प्रतियोगिताको कुमुतेतर्फ पुरुषमा राजन भोलुन तामाङ र महिलामा सगुन परियार उत्कृष्ट खेलाडी चुनिए । काताको पुरुषमा सोनु थापा तथा महिलामा सलिना गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट चारै नेपालका हुन् । दुईदिने प्रतियोगितामा नेपाल, भारत, जापान र बंगलादेशका १ सय ५० खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment