पश्चिमाञ्चल र एपीएफलाई उपाधि


पोखरामा शनिबार सम्पन्न भएको राखेप च्याम्पियनसिप २०७४ अन्र्तगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको पुरुष तर्फ घरेलु टिम पश्चिमाञ्चले उपाधि जितेको छ । १८ औं पुरुष ह्याण्डवल प्रतियोगिताको फाईनल खेलमा घरेलु टिम पश्चिमाञ्चलले घरेलु दर्शक माझ नेपाल आर्मीको टिमलाई २९–२५ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
राष्ट्रिय खेलाडी बिशाल बस्नेतको कप्तानिमा मैदानमा उत्र्रिएको पश्चिमाञ्चलले घरेलु मैदानमा दर्शकहरुको साथ पाउदा ४ गोल अन्तरले जित हासिल गर्न सफल भएको हो । प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिमाञ्चलका हेमन्त थापा घोषित भए । त्यसै गरी पुरुष तर्फ तेश्रो स्थानको लागि भएको खेलमा विभागिय टोली एपिएफले मध्यमाञ्चल विकास क्षेत्रलाई ६३–२९ को फराकिलो गोल अन्तरले पराजित गरी तेश्रो भएकोे हो । प्रतियोगितामा नेपाल आर्मी अनुसासित टिम घोषित भएको छ । प्रतियोगितामा एपिएफका दिपकसिंह बोहराले सेमिफाईनल र तेश्रो स्थानको लागि भएको खेलमा गरी ४८ गोल गर्दै सर्वाधिक गोल कर्ताको उपाधि पाए ।
दर्शकहरुको उल्लेखनिय सहभागिता माझ शनिबार पोखरा रंगशालामा सम्पन्न भएको ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता तर्फको फाईनल खेलमा एपिएफले अर्को विभागिय टोली नेपाल आर्मीलाई २४–१५ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । महिला तर्फ तेश्रो स्थानको लागि भएको खेलमा पुर्वाअञ्चल विकास क्षेत्रले घरेलु टिम पश्चिमाञ्चललाई ४ गोल अन्तरले पराजित गर्दै तेश्रो भयो । पुर्वाअञ्चले पश्चिमाञ्चललाई १८–१४ को गोल अन्तरले पराजित गरेको हो । दुई विभागिय सहित ७ टिम सहभागि भएको प्रतियोगितामा मध्यपश्चिमाञ्चल विकास क्षेत्र अनुसासित टीम घोषित भएको छ । विजेतालाई जनहि ३० हजार, दोश्रो हुनेलाई २० हजार र तेश्रो हुनेलाई जनही १० हजार साथमा ट्रफि मेडल प्रमाण पत्र वितरण गरिएको हो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी एपिएफकी उमा राई घोषित भईन । उनले फाईनल खेलमा ८ गोलको योगदान दिईन । प्रतियोगिताको सेमिफाईनल र फाईनलमा गरी २८ गोल गरेकी आर्मीकी खेलाडी शान्तिकला राईले सर्वाधिक गोल कर्ताको उपाधि जितिन । विराटनगरमा भएको सातौैं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तर्फ आर्मी र महिला तर्फ एपिएफले उपाधि जितेका थिए ।
नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना हङकङ व्यूटि ईन्स्टिच्यूट प्रालिको मूख्य प्रायोजनमा पुष १९ गतेबाट उक्त प्रतियोगिता पोखरामा संचालन भएको संघका सचिव केशव पाठकले बताए । विजयी खेलाडीहरुको टिमलाई प्रतिनिधि सभा सदस्य रविन्द्र अधिकारी, नेपाल ह्याण्डवल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमितिका सदस्य तेज गुरुङ, संघका बरिष्ठ उपाध्यक्ष रामकृष्ण केसी, संघ कास्कीका अध्यक्ष क्याप्टेन जग बहादुर गुरुङ लगायतले वितरण गरेका थिए । प्रबेश निःशुल्क रहेको उक्त प्रतियोगिताको फाईनल खेल हेर्न दर्शकहरुको हालसम्मकै उल्लेखनिय रुपमा सहभागिता रहेको संघले दाबी गरेको छ । महिला तथा पुरुषको फाईनल खेल पोखरा रंगशालाको भलिवल प्रशिक्षण केन्द्रको परिसरमा संचालन भएको थियो ।

Comment