एपिएफ खप्तड गोल्डकपको क्वाटरफाईनलमा

विभागीय टीम एपिएफ धनगढीमा जारी अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ । धनगढी रंगशालामा भएको खेलमा पोखराको सहार क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ ले पाखा लगाउँदै विभागीय टीम अन्तिम आठमा पुगेको हो ।
पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौ गोल गर्ने मौका पुगमाउँदा सहारा पेनाल्टी सुटआउटमा एपिएफलाई खेल सुम्पन वाध्य भएको हो । पहिलो हाफको २१ औं मिनेटमा सहाराले पाएको पेनाल्टी खेर फालेको थियो । सहाराका विनोद गुरुङले गरेको पेनाल्टी गोलपोष्टको दायाँ किनारावाट वाहिरिएको थियो । निर्धारित समय गोल रहित बराबरीमा सकिएको हो ।
पेनाल्टी सुटआउटमा सहाराका लक्ष्मण जिसीको प्रहारलाई एपिएफका गोलरक्षक राजु नगरकोटीले वचाउँदै आफ्नो टीमलाई दोस्रो चरणमा पुगाएका हुन् । उनी म्यान अफ द म्याच भए । उनले नगद १० हजार रुपैया हात पारे ।
पेनाल्टी सुउआउटमा एपिएफएका लागि गोलरक्षक नगरकोटी सहित अन्जन विष्ट,सुदीप सिल्पकार, आदित्य चौधरी र रञ्जन विष्टले गोल गरेका थिए । सहाराका लागि लक्ष्मण जिसीको प्रहार गोल हुन नसक्दा सुसन गुरुङ विजय श्रेष्ठ मानवहादुर तामाङ र फुर्वा लामाको प्रहार भनेर गोलमा परिणत भएको थियो ।
जितपछि प्रतिक्रिया दिदै एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले तालमेल नमिल्दा राम्रो खेल्न नसकेको स्वीकारे । सहारका प्रशिक्षक किरन गुरुङले पेनाल्टी गुमाउँदा र मौकाको सदुपयोग गर्न नसक्दा खेलमा हार व्यहोरको वताए ।
प्रतियोगिता अन्तर्गत आइतबार काठमाण्डौको सिएमजी संकटा र धरान फुटवल क्लव वीच खेल हुने छ । प्रतियोगिताको बिजेतालाई ११ लाख ११ हजार १ सय ११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ । यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई १५÷ १५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ प्रतियोगिताका प्रवक्ता ओम विक्रम चन्दले जानकारी दिए ।

Comment