तेक्वान्दो पिसक्रप कार्यक्रम सुरु


तेक्वान्दो पिस क्रप (टीपीसी) परियोजना अन्तरगत नेपालका विभिन्न जिल्लामा प्रशिक्षण शुक्रबार सुरु भएको छ । १३ फेब्रुअरीसम्म हुने आयोजना सो परियोजना अन्तरगत सात जिल्लामा तेक्वान्दो डेमान्सट्रेसन र क्योरोगी सम्बन्धी प्रशिक्षण दिइने छन् । नेपाल तेक्वान्दो संघको बार्षिक कार्यक्रम अनुसार केन्द्रिय सदस्य कविराज खड्गीको संयोजकत्वमा यो टिपीसी कार्यक्रम सञ्चालन भएको हो । कोरियाबाट चार जना प्रशिक्षक नेपाल आएका छन् भने नेपालका रमिला खत्री, दिपिका राइ र कबिता श्रेष्ठले सहयोग गरेका छन् ।

Comment