सुदुरपश्चिम ११ सेमिफाईनलमा

सर्वाधिक राशीको नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकप धनगढीमा सुरु भएको छ । प्रतियोगीतामा आयोजक सुदुरपश्चिम ११ ले विजयी सुरुवात गरेको छ । प्रतियोगीताको उद्धघाटन खेलमा आयोजकले काठमाण्डौको ए डिभिजन क्लव च्यासल युथ क्लवलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गरेको हो । यस अघि नियमित समयमा यी दुइ टोली विच २–२ गोलको बराबरी भएको थियो ।
। दोश्रो हाफको २६ औ मिनेटमा च्यासल युवा क्लवका विदेशी खेलाडी सेगुनले गोल गर्दै अग्रता दिलाएका थिए । च्यासलको त्यो अग्रता १५ मिनेट मात्रै टिकेको थियो । दोश्रो हाफको ४० औँ मिनेटमा सुदुरपश्चिम ११ स्पोर्टस क्लवका विनोद केसीले गोल गरे ।
पेनाल्टी सुटआउटमा च्यासलका सुमन लामाको प्रहारलाई सुदुरपश्चिम ११ स्पोर्टस क्लवका गोलरक्षक जिवन भट्टराईले रोकेपछि आयोजक जित सहित सेमीफाईनलमा प्रवेश गरेको हो । सुदुरपश्चिम स्पोर्टस क्लवका नियमीत गोलकिपर अमानत शेख घाईते भएपछि प्रतियोगीताको पहिलो हाफमा मैदानमा प्रवेश गरेका भट्टराईले च्यासल युवा क्लवका खेलाडीले गरेका धेरै प्रहार पनि बचाएका थिए । भट्टराईले खेलको म्यान अफ द म्याच हुदै १० हजार रुपैया पनि प्राप्त गरेका छन् ।
खेलपछि प्रतिक्रिया दिदै सुदुरपश्चिम ११ स्पोर्टस क्लवका प्रशिक्षक ललीत चन्दले खेलाडीको तालमेल नमिल्दा पनि भाग्यले साथ दिएका कारण जित हासिल गरेको वताए । च्यासलका प्रशिक्षक राजेन्द्र तामाङले राम्रो खेल्दाखेल्दै पनि हार व्यहोर्नु परेको वताउँदै पाएका मौकाको सदुपयोग हुन नसकेको र दोस्रो हाफमा तालमेल विग्रिएको प्रतिक्रिया दिए ।
प्रतियोगिता अन्तर्गत शनिवारको खेलमा पोखाराका सहारा क्लव र विभागीय टीम एपिएफ वीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा नेपालका र भुटानको एक गरी १२ टीमको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेतालाई ११ लाख ११ हजार १ सय ११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ । यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई १५÷ १५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

Comment