वक्सिङका स्वर्ण पदकविजेतालाई रोजगार दिने अध्यक्ष पौडेलको उद्घोष


पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले झापामा हुने राष्ट्रिय वक्सिङ प्रतियोगितामा पश्चिमाञ्चलको लागि स्वर्ण पदक ल्याउने खेलाडीलाई रोजगार दिने उद्घोष गरेका छन् । यही पुष २२ देखि २७ सम्म झापामा हुने राष्ट्रिय वक्सिङ प्रतियोगितामा सहभागि हुने खेलाडीलाई विहिबार पोखराबाट विदाई हुने समारोहमा बोल्दै अध्यक्ष पौडेलले राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदकधारी खेलाडीलाई निजी स्तरमा विभिन्न संघ संस्थामा रोजगार दिलाउने घोषणा गरेका हुन ।
पश्चिमाञ्चलबाट झापामा सहभागि हुने खेलाडीहरुमा सिसम थापा मगर, दिनेश वानिया, दिपक सुनार, केशव बहादुर नेपाली, सविन गुरुङ, संजिप श्रेष्ठ रहेका छन् । टिम प्रशिक्षकमा डिलराज पुन रहेका छन् भने व्याबस्थापकमा सुमन कुमार श्रेष्ठ रहेका छन् । टोलीलाई सफलताको कामना सहित पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, समितिका निर्देशक बिद्या मर्सानी, वक्सिङका पदकधारि खेलाडी तथा एन्फाका उपमहासचिव गणेश भट्टराई, भुतपुर्व खेलाडीमञ्चका निवर्तमान अध्यक्ष खडग बहादुर रानाभाट, कास्की जिल्ला वक्सिङ संघका कार्यवाहक अध्यक्ष राजेन्द्र पहारी, संघका सचिव राजु बहादुर कोइरालाले फुलमाला तथा खादा लगाएर विदाई गरेका हुन् ।

Comment