राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लिग खेल सम्पन्न


पोखरामा जारी राखेप च्याम्पियनसिप २०७४ अन्र्तगत राष्ट्रिय ह्याण्डवल प्रतियोगितामा विहिबार लिग चरणका खेलहरु सम्पन्न भए । शुक्रबार बाट सेमि फाईनलका खेलहरु हुनछन् । पोखरा रंगशालामा जारी १८ औं पुरुष ह्याण्डवल प्रतियोगिताको शुक्रबार पहिलो सेमिफाईनल खेलमा दुई विभागिय टोली नेपाल आर्मी बिरुद्ध सशस्त्र प्रहरी वलको एपिएफका बिच प्रतिष्प्रर्धा हुने भएको छ । त्यसै गरी दोश्रो खेलमा घरेलु टिम पश्चिमाञ्चल बिरुद्ध मध्यमाञ्चल विकास क्षेत्र बिच प्रतिष्प्रर्धा हुने भएको छ ।
त्यसै गरी पोखरामा जारी ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको शुक्रबार पहिलो सेमिफाईनल खेलमा एपिएफ बिरुद्ध पुर्वाञ्चल र दोश्रो खेलमा घरेलु टिम पश्चिमाञ्चल बिरुद्ध आर्मी बिच खेल हुने भएको हो । पुरुषतर्फ भएको पहिलो खेलमा मध्य पश्चिमाञ्चलले सुदुर पश्चिमाञ्चललाई १४–९ को गोल अन्तरले पराजित गर्यो । दोश्रो खेलमा पश्चिमाञ्चलले पुर्वाञ्चललाई ३५–१० को फराकिलो गोल अन्तरले पाखा लगायो । तेश्रो खेलमा भने आर्मीले मध्य पश्चिमाञ्चललाई १० को बिरुद्ध ३६ गोलको फराकिलो गोल अन्तरले पन्छायो । मध्यमाञ्चलले चौथो खेलमा सुदुर पश्चिमाञ्चललाई २४–१४ को गोल अन्तरले पराजित गर्यो । लिग चरणको अन्तिम खेलमा एपिएफले पुर्वाञ्चललाई ७ को बिरुद्ध ३७ गोलको ठूलो गोल अन्तरले पन्छायो ।
त्यस्तै विहिबार महिला तर्फ पनि लिग चरणका ५ खेल सम्पन्न भएको हो । पहिलो खेलमा एपिएफले पश्चिमाञ्चललाई ७ को बिरुद्ध ३८ गोल अन्तरले हरायो । दोश्रो खेलमा आर्मीले मध्यमाञ्चललाई एकको बिरुद्ध २९ गोलको बिशालगोल अन्तरले पन्छायो । तेश्रो खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई एकको बिरुद्ध ३० गोलको बिशालगोल अन्तरले पराजित गर्यो । चौथो खेलमा पुर्वाअञ्चलले मध्यमाञ्चललाई २ को बिरुद्ध २८ गोल अन्तरले पन्छायो । लिगको अन्तिम खेलमा घरेलु टिम पश्चिमाञ्चलले सुदुर पश्चिमाञ्चललाई एक तर्फी २१ गोल बर्षायो । सुदुर पश्चिमाञ्चलले एक गोल गर्ने समेत अवसर पाएन ।
नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना हङकङ व्यूटि ईन्स्टिच्यूट प्रालिको मूख्य प्रायोजनमा संचालन भएको प्रतियोगिता पुष २२ गते सम्म चल्ने कास्की जिल्ला ह्याण्डवल संघका अध्यक्ष क्याप्टेन जगबहादुर गुरुङले बताए । प्रबेश निशुल्क रहेको उक्त प्रतियोगिता भलिवल प्रशिक्षण केन्द्रको परिसरमा पुरुष र रंगशालाको पुर्वपट्टिको ह्याण्डबल खेल मैदानमा महिला तर्फको खेल संचालन भएको हो ।

Comment