सीसीआरसीलाई उपाधि

सीसीआरसीले दोश्रो वीर गणेशमान सिंह अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।चावहिलस्थित लुम्बिनी कलेजमा भएको फाइनलमा सीसीआरसीले न्यु समिटलाई ५४–५१ ले पराजित ग¥यो । सीसीआरसीको जितमा छेवाङ नाम्गेल लामाले १८ अंक योगदान गरे । विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाए ।

नेपाल विद्यार्थी संघ, काठमाडौं जिल्ला समितिद्वारा आयोजित प्रतियोगितामा सीसीआरसीका आशिष बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, आयोजक समितिका अध्यक्ष मनोज वैद्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगितामा ९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Comment