मदन भण्डारी क्रिकेट एकेडेमीको उद्घाटन प्रसाईको नेतृत्वमा मार्सलआट बिभाग गठन


मदन भण्डारी स्पोर्टस् एकेडेमीले संचालन गरेको मदन भण्डारी क्रिकेट एकेडेमीको पूर्व सभामुख सुभाषचन्द्र नेङवाङले सोमवार उद्घाटन गरेका छन् । बानेश्वरस्थित ओमकारेश्वर चोकमा रहेको एकेडेमीको लागत करिब २० लाख रुपैया भएको जनाइएको छ । अभ्याषका लागि ३ वटा ढलान पिच रहेको एकेडेमीले करिब २ रोपनी जग्गा ओगटेको छ । सभासद् गणेश दुलाल संरक्षक रहेको एकेमेमीको प्रशिक्षकमा प्रदिप ऐरी रहेका छन् । क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाको बलिङमा बिशेष अथिति रहने छन् ।
मदन भन्डारी स्पोर्टस् एकेडेमीको नवौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा हालै सम्पन्न साग स्तरिय ह्ुवलचियर क्रिकेट प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने नेपाली टिमलाई एकेडेमीले ५० हजार रुपैया सहित सम्मान गरियो । सोही अवसरमा मोराक्कोमा सम्पन्न सेल्फ डिफेन्स मार्सल आर्टमा रजत प्राप्त गरेकी सन्जु महर्जन र बेलारुसमा सम्पन्न आईटिएफ तेक्वान्दोमा कास्य बिजेता अन्जना सिवाकोटीलाई सम्मान गरियो । उद्घाटन कार्यक्रममा एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ,राखेप पुर्व उपाध्यक्ष पिताम्बर तिमिल्सिना,फुटबलर हरी खड्का,ओलम्पियन दिपक बिष्ट,एकेडेमीका महासचिव बचन देउजा,मदन भण्डारी क्रिकेट बिभागका संयोजक सुदिप शर्मालगायतको उपस्थिति रहेको थियो ।
प्रसाईको नेतृत्वमा मर्सल आर्ट बिभाग गठन
मदन भण्डारी स्पोर्टस् एकेडेमीले ओमकृष्ण प्रसाईको संयोजकत्वमा नेतृत्वमा ४६ सदसीय मदन भण्डारी मार्सल आर्ट बिभाग गठन गरेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको नवौं स्थापना दिवसको अवसर पारेर मार्सलआर्टको नयाँ बिभाग गठन गरेको हो । नव गठित बिभागका पदाधिकारीलाई एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराए । नेपाल कराँते महासंघका सचिव समेत रहेका ओमकृष्ण प्रसाईको संयोजकमा गठित बिभागको सचिवमा किरण गौतम रहेका छन् । सदस्यहरुमा सोतोकान कराँतेका महासचिव श्याम शेर्पा, कराँतेका सहायक प्रशिक्षक माधव धिमिरे,बिनोद राना,सन्जु महर्जन,अन्जना सिवाकोटी लगायत रहेका छन् ।
। ४६ सदस्य कमिटी मा मार्शल आर्ट का कराते , तेक्वान्डो , उसु , जुडो , बक्सिङ लगायत का खेलका खेलाडी रहेका छन् ।

Comment