नेपाललाई अन्तराष्ट्रीय करातेमा ५ स्वर्ण

भारतको हिमाचल प्रदेश मा २८ देखि ३० डिसेम्बर सम्म आयोजना भएको तेस्रो अन्तर्रािष्ट्रय कराते प्रतियोगितामा नेपाली कराते टोलीले ५ स्वर्ण प्राप्त गर्न सफल भएका छन् । पुरुष तर्फ सुबिन श्रेष्ठले ५० किलो तौल समूहमा , उमेश गुरुंगले ६८ किलोमा,अमर बहादुर पलीले ८४ किलोमा र महिला तर्फ एलिशा थापा मगरले ५५ किलो र सबनम क्षेत्री ले ६७ स्वर्ण पदक प्राप्त गर्न सफल भएको थिए ।
त्यसैगरी एलिशा थापा मगरले महिला एकल काता तर्फ रजत र उमेश गुरुंगले पुरुष एकल कातामा कास्य जित्न सफल भएका थिए । ११ पुषमा त्यसतर्फ प्रस्थान गरेको टोलीलाई अखिल नेपाल खेलकुद महासंघ का महासचिव काली बहादुर घर्ती मगर र नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता एबं शाखा डोजो नक्सालका प्रमुख ईश्वर थापा ’गजेन्द्र ’ ले बिदाई गरेका थिए । नेपालको तर्फबाट सहभागी हुने सम्पूर्ण खेलाडीहरु शाखा डोजो नक्सालमा प्रशिक्षणरत खोलाडीहरु हुन भने बिजेता खेलाडीहरु मंगलवार २ तारिखमा स्वदेश फर्कने शाखा डोजो नक्सालका प्रशिक्षक सुकलाल मोक्तान र रश्मिता श्रेष्ठले जानकारी गराए ।

Comment