श्रेष्ठलाई टेबलटेनिस संघको बधाई


प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य–सचिव जीवनराम श्रेष्ठलाई अखिल नेपाल लनटेनिस संघले शनिबार एक कार्यक्रमबीच बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएको छ ।संघका अध्यक्ष चतुरानन्दराज वैद्य, खेलाडी, प्रशिक्षकलगायतले श्रेष्ठलाई निर्वाचित भएकोमा बधाइ दिदै सफलताको शुभकामना दिए ।
संघको आयोजनामा गत डिसेम्बरमा भएको चारदिने आईटीटीएफ–पीटीटी लेभल वान कोचिङ कोर्सका सहभागीलाई प्रमाण पत्र वितरण कार्यक्रममा श्रेष्ठलाई बधाइ दिइएको हो ।
अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) बाट केहि दिनअघि मात्र प्राप्त भएकोले शनिबार मात्र प्रमाण पत्र वितरण गरिएको संघले जनाएको छ । श्रेष्ठले नै कोर्समा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरे ।
आईटीटीएफ एक्सपर्ट आरिफ खानले सञ्चालन गरेको कोर्समा १९ पुरुष र ७ महिला गरी २६ प्रशिक्षार्थी सहभागी थिए ।

Comment