आर्मी र एपिएफ च्याम्पियन

नेपाल आर्मी र एपीएफ क्लब राखेप च्याम्पियनसिप अन्तर्गत २१ औं महिला तथा ३१ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । शनिवार भएको ३१ औं राष्ट्रिय पुरुष भलिबलतर्फको उपाधि भिडन्तमा आर्मीले एपीएफमाथी ३–० को सानदार जित निकाल्यो । त्यस्तै २१ औं राष्ट्रिय महिला भलिबलको फाईनलमा एपीएफले मध्यामाञ्चललाई ३–० को सोझो सेटमा स्तब्ध बनायो ।
पोखरा रंगशालाको भलिवल ट्रेनिङ सेन्टरमा भएको पुरुषको फाईनल खेलमा नेपाल आर्मीले एपिएफलाई २५–१२, २५–२३ र २५–१५ को सोझो सेटमा हराउदै उपाधि जित्यो । महिला तर्फ एपिएफले मध्यमाञ्चललाई २५–१८, २५–१४ र २५–१० को सोझो हरायो । पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चलले तेश्रो स्थान हासिल गरेको छ । पश्चिमाञ्चलले पुलिसलाई २५–२२, २०–२५, २१–२५, २५–१६ र १८–१६ को सेटमा पराजित गरेको हो । महिलातर्फ भने नेपाल पुलिस तेश्रो हुन सफल भएको छ । पुलिसले घरेलु टिम पश्चिमाञ्चललाई २५–१५, २५–२१ र २५–२१ को सोझो सेटमा पराजित ग¥यो ।
प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी महिलातर्फको उत्कृष्ट खेलाडी चुनिदा पुरुषतर्फ आर्मीका मानबहादुर श्रेष्ठ उत्कृष्ट खेलाडीको उपाधि जिते । दुवै समूहका उत्कृष्ट खेलाडीले जनहि १५÷१५ हजार नगद प्राप्त गरे । प्रतियोगितामा विजेताले ५० हजार र उपबिजेताले ३० हजार र तेश्रो हुनेले २० हजार रुपैया ट्रफि मेडल प्रमाण पत्र प्राप्त गरे ।
विजयीे टोलीलाई कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, नेपाल भलिवल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, प्रदेश नं ४ सभा सदस्य इन्द्रधारा विष्ट, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ लगायतले पुरस्कृत गरे ।

Comment